प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच फोनवार्ता, पाँच जापानीको खोजीमा सहयोग गर्न आग्रह

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच सेप्टेम्बर १ मा टेलिफोन वार्ता भएको छ।

जापानको विदेश मन्त्रालयका अनुसार जापान समय दिउँसो ४ बजेर १५ मिनेटदेखि करिब १० मिनेटसम्म चलेको वार्तामा प्रधानमन्त्री ताकाइचीले अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

उनले मृतकप्रति श्रद्धाञ्जली, परिवारजन तथा प्रभावित नागरिकप्रति समवेदना व्यक्त गर्दै “जापान लामो समयदेखिको मित्र नेपालसँगै उभिएको छ” भन्ने सन्देश दिएकी छन्।

पाँच जापानीको खोजीमा विशेष आग्रह

प्रधानमन्त्री ताकाइचीले बाढीपछि अझै सम्पर्कमा आउन नसकेका पाँच जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धारका लागि नेपाल सरकारसँग अधिकतम सहयोग गर्न आग्रह गरेकी छन्।

जापान सरकारले विदेश मन्त्रालय, काठमाडौंस्थित जापानी दूतावास तथा नेपालका सम्बन्धित निकायसँग समन्वय गर्दै उनीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको छ।

जापानको राहत सामग्री छिट्टै नेपाल पुग्ने

वार्तामा प्रधानमन्त्री ताकाइचीले जापान सरकारले नेपाल सरकारको अनुरोधमा उपलब्ध गराउने निर्णय गरेको टेन्ट, कम्बललगायत आपतकालीन राहत सामग्री छिट्टै नेपाल पुग्ने जानकारी दिएकी छन्।

जाइका मार्फत पठाइने सामग्रीमा:

टेन्ट
कम्बल
प्लास्टिक सिट
सुत्ने म्याट
पानी बोक्ने जेरिक्यान

समावेश छन्। सामग्री जाइकाको सिंगापुरस्थित आपतकालीन गोदामबाट काठमाडौं पठाउने व्यवस्था गरिएको छ।

थप सहयोगको तयारी

जापानले यसपछि पनि नेपालको आवश्यकता हेरेर अन्तर्राष्ट्रिय संस्थामार्फत आर्थिक वा मानवीय सहयोग उपलब्ध गराउने तथा Japan Disaster Relief Team पठाउने विषयमा तयारी र विचार गरिरहेको छ।

प्रधानमन्त्री ताकाइचीले अहिलेको परिस्थितिमा जापानले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

जवाफमा प्रधानमन्त्री बालेन्द्र शाहले जापान सरकार र जापानी जनताबाट प्राप्त समवेदना, सहयोग तथा ऐक्यबद्धताप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै नेपालको वर्तमान विपद् अवस्था तथा सरकारले गरिरहेको उद्धार र राहत कार्यबारे जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0